+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

भारतले भन्यो-खोप निर्यातमा बन्देज लगाएका छैनौं

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १३ गते ७:३५

१३ चैत, काठमाडौं । भारतले कोरोना खोप निर्यातमा कुनै पनि बन्देज नलगाएको बताएको छ ।

एक उच्च भारतीय अधिकारीले साझेदारी मुलुकलाई चरणबद्धरुपमा खोप सप्लाई गर्ने काम जारी रहने बताएका छन् ।

केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भारतले अस्थायीरुपमा खोप निर्यात बन्द गरेको समाचार प्रकाशित गरेको समाचारमा कुनै सत्य नभएको दाबी ती अधिकारीको छ ।

स्रोतले भन्यो, ‘बेला बेलामा हाम्रो घरेलु आवश्यकताको कारणले सप्लाई गर्ने सेडुलमा केही परिवर्तन गर्नुपर्ने हुन्छ तर आगामी दिनमा चरणबद्धरुपमा खोप उपलब्ध गराउने कार्य जारी रहन्छ ।’

सप्लाई गर्ने सेडुलमा केही एडजस्ट हुनसक्ने र त्यसमा सबै सरोकारवालाले सहकार्य गर्ने अपेक्षासमेत भारतले गरेको ती अधिकारीले बताए । भारतले अहिलेसम्म ७५ मुलुकलाई ६० मिलियन खोप उपलब्ध गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?