Comments Add Comment

दक्षिण एसियाली विश्वविद्यालयमा शिक्षक र विद्यार्थी दुवैमा भारतको वर्चश्व

१३ चैत, काठमाडौं । दक्षिण एसियाली सहयोग संगठन (सार्क)अन्तरर्गत स्थापना भएको दक्षिण एसियाली विश्वविद्यालयमा भारतीय शिक्षक र विद्यार्थीको वर्चश्व देखिएको छ ।

भारतीय विदेश मन्त्रालयले त्यहाँको संसद लोकसभामा पेस गरेको विवरण अनुसार सो विश्व विद्यालयमा सन् २०२० सम्म जम्मा ५६ जना शिक्षकहरु रहेका छन् ।

५६ मध्ये ५० जना भारतीय शिक्षक छन् । नेपालको तर्फबाट तीन शिक्षक, बंगलादेश २ र श्रीलंकाका १ शिक्षक रहेका छन् । अन्य चार मुलुकबाट एकजना पनि शिक्षक रहेका छैनन् ।

त्यसैगरी विद्यार्थी संख्यामा पनि भारतको नै वर्चश्व रहेको छ । सन् २०२० मा सो विश्वविद्यालयमा २५१ जना विद्यार्थीहरु भर्ना भएका छन् । तीमध्ये १२५ जना भारतीय विद्यार्थीहरु रहेका छन् ।

नेपाली विद्यार्थीको संख्या २१ रहेको छ भने अफगानिस्तानको ४६, बंगलादेशको ३४, भुटानको १५, पाकिस्तानको ८, श्रीलंकको २ जना विद्यार्थी रहेका छन् । माल्दिभ्सका एकजना विद्यार्थी पनि रहेका छैनन् ।

तथ्यांकका अनुसार प्रत्येक वर्ष भारतीय विद्यार्थीहरुको संख्या बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment