+
+
Shares

सरकारबारे कांग्रेस लामो समय मौन बस्नुहुन्‍न : खाँण

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १३ गते १४:०४

१३ चैत, बुटवल । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले नयाँ सरकारका विषयमा पार्टी लामो समय मौन बस्न नहुने बताएका छन् । संविधान रक्षाका लागि कोसंग हातेमालो गर्ने भन्नेबारेमा पार्टी नेतृत्वले छिटो निर्णय गर्नुपर्ने धारणा राखे ।

बुटवलमा राज्य टेलिभिजनले गरेको कार्यक्रममा उनले भने ‘लामो समय मौन बसेर हुन्न, संविधान रक्षा गर्न कोसंग हातेमालो गर्ने कोसंग संघर्ष गर्ने भन्ने निर्क्यौल निर्णय गर्नैपर्छ ।’

नेता खाँणले मुलुकको पछिल्लो राजनीतिक अवस्था जनताले चाहे भन्दा धेरै पृथक भएकाले समयमै निकास दिन नसके ठूलो निराशा र विद्रोह हुनसक्ने तर्क गरे ।

अहिलेको सरकार विस्थापन गरी नयाँ सरकारको नेतृत्व गर्न नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसलाई आग्रह गरे पनि कांग्रेसले यस विषयमा निर्णय गर्न सकेको छैन ।

यसै सन्दर्भमा नेता खाँणले वर्तमान सरकारले संविधानमाथि प्रहार गरिरहेको भन्दै संविधानको रक्षा र पालना गर्ने दलहरुसंगसहकार्य गर्ने बताए । उनले कोसँग सत्ता सहकार्य गर्ने भन्ने बारेमा कांग्रेसले छिट्टै निर्णय लिने पनि बताए ।

वर्तमान सरकार बनेकै दिनदेखि संविधान, लोकतन्त्र, प्रेस स्वतन्त्रता र मानव अधिकारमाथि प्रहार सुरु भएको भन्दै खाँणले आफैंले विघटन गरेको संसद सर्वोच्चले पुनःस्थापना गरेपछि प्रधानमन्त्रीलाई एक मिनेट पनि पदमा रहने नैतिकता नभएको तर्क गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?