Comments Add Comment

रेशम चौधरीलाई भेट्न डिल्लीबजार कारागार पुगे महेश बस्नेत

१३ चैत, काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले डिल्लीबजार कारागार पुगेर निलम्बित सांसद रेशम चौधरीलाई भेटेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा)को समर्थन जुटाउने प्रयास गरिरहेका बेला बस्नेतले जसपा पार्टीका निलम्बित सांसद चौधरीलाई भेटेका हुन् । ज्यान मुद्दामा सजाय भोगिरहेका चौधरीलाई बस्नेतले रिहाइका लागि सरकार सकारात्मक रहेको सन्देश दिएको स्रोतको दाबी छ ।

जसपाले पनि सरकारलाई समर्थनका लागि रेशम चौधरीलगायतका मधेस–थरुहट आन्दोलनका बन्दीहरुको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधनलाई शर्तका रुपमा अघि सारेको छ । यसबारे एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र जसपा अध्यक्ष महन्थ ठाकुरले गठन गरेको कार्यदलले सम्वाद गरिरहेको छ ।

रेशम चौधरीलाई कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा ९ जनाको ज्यान जाने गरी ७ भदौ २०७२ मा टीकापुरमा भएको हिंसात्मक घटनामा अदालतले दोषी ठहर गरी  जन्मकैदको सजाय सुनाएको छ । उक्त घटनासम्बन्धी मुद्दामा जिल्ला अदालतले गरेको फैसलालाई उच्च अदालतले केही उल्टी गरेपनि रेशमको जन्मकैदलाई भने सदर गरेको थियो ।

यो पनि पढ्नुहोस किन मुख्य सत्ता सर्त बन्दैछन् रेशम चौधरी ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment