+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

सुदूरपश्चिम प्रदेश सरकार फेर्नुपर्छ-मन्त्री भट्ट

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १३ गते १६:०४

चैत्र १३, डोटी । सुदूरपश्चिम प्रदेश सरकार अब फेर्नु पर्ने बेला भएको संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताएका छन् ।

शुक्रबार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरसँग कुराकानी गर्दै मन्त्री भट्टले सरकार फेरबदलको विषयमा पार्टीभित्र छलफल हुने र छिट्टै निकास निस्कने बताए ।

‘सुदूरपश्चिम प्रदेश सरकारको विषयमा अहिले केही हामीले भनिरहनुपर्छ जस्तो लाग्दैन। ’ मन्त्री भट्टले भने ‘हामी यहाँको नेतृत्व आएका छौँ, अब छलफल गर्छौँ ।’ वर्तमान सरकारले गति लिन नसकेको समेत मन्त्री भट्टले बताए । उनले आम जनताले पनि यो सरकार फाल्नु पर्ने बिचार राखेको दावी गरे ।

मन्त्री भट्टले कोरोना भाइरसको संक्रमण जोखिम फेरि बढेको भए पनि तत्काल लकडाउन भने नहुने बताए। ‘अहिल्यै लकडाउन हुँदैन’ उनले भने, ‘थप सतर्कता अपनाउने तयारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?