Comments Add Comment

संसदीय दलमा झलनाथले भने-एक्लौटी निर्णय फिर्ता नलिए एमाले एक ढिक्का रहन सक्दैन

१३ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको एक्लौटी निर्णय फिर्ता नलिए पार्टी एक ढिक्कासहित परिचालित हुन नसक्ने वरिष्ठ नेता झलनाथ खनालले बताएका छन् ।

दलका नेता एवम् प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएको बैठकमा सहभागी नेता खनालले २ जेठ २०७५ को अगाडिकै अवस्थामा एमाले सञ्चालन हुनुपर्ने बताए ।

‘यो भन्दा अगाडि गरिएका निर्णयहरु फिर्ता लिएर जेठ २ गते पुग्ने अवस्था सिर्जना नगरिए पार्टी एकढिक्का सहित परिचालित हुन सक्दैन’, खनालको भनाइ थियो । खनालले आफ्नो कुरा राखेर बैठकबाट बाहिरिएका छन् ।

बरिष्ठ नेता खनाल र नेपाल समूहका अन्य सांसद भने बैठकमै छन् । २३ फागुनको सर्वोच्च अदालतको फैसला पछि पहिलो पटक यो समूह ओलीले बोलाएको बैठकमा सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment