Comments Add Comment

४ अन्तर्राष्ट्रिय विमान आकाशमै होल्ड, आन्तरिकका जहाज डाइभर्ट

१३ चैत, काठमाडौं । काठमाडौंको आकाशमा वायुप्रदुषण बढ्दा हवाई उडान प्रभावित बनेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार अहिले चार वटा जहाज आकाशमा होल्ड भएका छन् । हङकङबाट आएको क्याथे प्यासिफिक, दिल्लीबाट आएको नेपाल एयरलाइन्स, दिल्लीबाटै आएको एयर इन्डिया र साउदीको दमामबाट आएको हिमालय एयरलाइन्सले आकाशसमै फन्को मार्दै बस्नु परेको छ ।

प्रदुषणले जहाज अवतरणलाई चाहिने भिजिविलिटी नहुँदा उडान-अवतरण प्रभावित बनेको हो ।

त्रिभुवन विमानस्थलको धावनमार्गको भिजिविलटि अहिले मात्र १ हजार मिटर मात्र रहेको कार्यालयले जनाएको छ ।

पोखराबाट काठमाडौं आएको यति एयरको जहाजलाई जनकपुर पठाइएको छ । बुद्धको पोखरा, जनकपुर र राजविराजबाट आएको जहाजलाई समेत जनकपुर डाइभर्ट गरिएको छ ।

नेपालगञ्जबाट आएको बुद्धको जहाज भैरहवा पठाइएको छ । चन्द्रगढीबाट आएको सौर्य एयरको जहाज सोही विमानस्थलमा फर्काइएको छ । धनगढीबाट आएको श्री एयरको जहाज भैरहवा डाइभर्ट भएको छ ।

यसैबीच विमानस्थलको पौने ५ बजेको अपडेट अनुसार क्याथे प्यासिफिक जहाज भारतको दिल्ली डाइभर्ट भएको छ ।

हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्स र एयर इण्डियाको जहाज काठमाडौं अवतरण भइसकेको छ । विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार अहिले भिजिविलिटी केही खुलेको छ । जसले यन्त्रमा आधारित अवतरण प्रणाली जडान भएका जहाजले उडान–अवतरण गर्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment