Comments Add Comment

४४१६ परीक्षण गर्दा १५६ जनामा कोरोना संक्रमण पुष्टि

१३ चैत, काठमाडौँ ।  पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४४१६ जनामा भएको आरटी पीसीआर परीक्षणमा १५६ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ६६५ पुगेको छ। यस्तै काठमाडौँका ५५, ललितपुरका ९ तथा भक्तपुरका २ जना गरी काठमाडौँ उपत्यकामा थप ६६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्यमा मन्त्रालयका अनुसार शुक्रबार ७० जना कोरोना संक्रमित डिस्चार्ज भएसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार ३४२ पुगेको छ।

यस्तै हाल देशभर १ हजार २ सय ९९ जना सक्रिय संक्रमित रहेका छन् भने गत २४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ। देशभर हालसम्म यससँगै कोरोनाबाट ज्यान गुमाउनको संख्या ३ हजार २४ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment