Comments Add Comment

नागरिक आन्दोलनले नेताहरूसँग सार्वजनिक बहस गर्दै

बृहत नागरिक आन्दोलनको फाइल तस्वीर ।

१३ चैत, काठमाडौं । बृहत् नागरिक आन्दोलनले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा र एमाले–नेपाल समूहका शीर्ष नेताहरूसँग सार्वजनिक अन्तर्क्रिया गर्ने भएको छ ।

शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा हुने उक्त अन्तर्क्रियामा सहभागी हुन नागरिक आन्दोलनले अपिलसमेत गरेको छ । नेताहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, महन्थ ठाकुर, मीनेन्द्र रिजालसँग प्राध्यापक कृष्ण खनाल र दोभान राईले सवाल–जवाफ गर्नेछन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै बहृत् नागरिक आन्दोलनले देशको राजनीति अस्थिर बन्नु थप प्रतिगमनको संकेत ठहर गर्दै त्यसको कारण पत्ता लगाउने बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रतिनिधिसभा पुनःस्थापना भएको एक महिना भइसक्यो, तर राजनीति हलो अड्किएझैं अवरुद्ध छ । संसदले बिजनेस पाएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले ६४ प्रतिशत बहुमतको दाबी गर्ने नेकपा पनि खारेज भइसक्यो । तर, उनी न राजिनामा गर्छन्, न विश्वासको मत नै लिन्छन् ।’

छलफलमा नागरिक आन्दोलनले हामी यो अवरोध किन जारी छ भन्ने प्रश्नलाई केन्द्रमा राखेर गाँठो कसरी फुकाउन सकिन्छ, तथा कसरी राजनीतिलाई चलायमान बनाउन सकिन्छ भन्ने सवाल पनि उठाउने बताइएको छ । अन्तर्क्रिया दिनको २ बजे तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment