Comments Add Comment

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा प्रहरी र विद्यार्थीबीच झडप

१३ चैत, सुर्खेत । वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) मा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । कानून संकायतर्फको प्रवेश परीक्षा उत्तीर्ण गरेका विद्यार्थीले विश्वविद्यालयको केन्द्रीय कार्यालय अगाडि गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी लाठीचार्ज गरेको हो ।

शुक्रबार बेलुका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहलाई प्रहरीले स्कर्टिङ गरेर विश्वविद्यालय गेटभित्र प्रवेश गराउने क्रममा विद्यार्थीहरुले नाराबाजी गरेपछि प्रहरीले विद्यार्थीमाथि लाठीचार्ज गरेको आन्दोलित विद्यार्थी अस्मिता बडुवालले बताइन् ।

त्यसक्रममा केही विद्यार्थी घाइते भएका छन् । विद्यार्थीको आन्दोलनप्रति समर्थन जनाउन धर्नास्थल पुगेका नेविसंघका पूर्वकेन्द्रीय सदस्य अनिबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको विद्यार्थी नेता रोशन बस्नेतले बताए ।

प्रहरीले शाहीसँगै आन्दोलनरत अर्की विद्यार्थी शुभेक्षा बिसीलाई समेत नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले आफूलाई घटनाबारे जानकारी आइनसकेको बताए । ‘उक्त घटनाबारे मलाई अझै आधिकारिक रिपोर्टिङ भएको छैन्, म बुझेर मात्रै बताउन सक्छु’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment