Comments Add Comment

शुक्रबहादुर राईले जित धरान ओपन गल्फको उपाधि

१४ चैत, धरान । स्थानीय प्रो खेलाडी शुक्रबहादुर राईले सूर्य नेपाल गल्फ टुर २०२०-२१ अन्तर्गत दोस्रो प्रतियोगिता धरान ओपन गल्फको उपाधि जितेका छन् ।

निर्भाना कन्ट्री क्लब हेल्थ एण्ड गल्फ रिसोर्टमा शुक्रबार सम्पन्न प्रतियोगितामा शुक्रले भुवन नगरकोटीलाई ७ स्ट्रोकले पछि पार्दै उपाधि जितेका हुन् ।

अन्तिम दिन एक अन्डर ६९ स्कोर गरेका शुक्रले कूल चार अन्डर २०६ स्कोर गरे । च्याम्पियन शुक्रले नगद ९० हजार पुरस्कार प्राप्त गरे ।

यस्तै युवराज भुजेलले एमेच्योरतर्फको उपाधि जिते । उनले कूल ९ ओभर २१९ स्कोर गरे ।

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन र धरान गल्फ क्लबको आयोजनामा भएको प्रतियोगितामा २४ प्रो र ११ एमेच्योर गरी कूल ४३ गल्फरले भाग लिगएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment