Comments Add Comment

पत्रकार महासंघ युरोपको अध्यक्षमा प्रेमबहादुर परियार

१४ चैत, पोर्चुगल । नेपाल पत्रकार महासंघ युरोप शाखाको अध्यक्षमा प्रेमबहादुर परियार सर्वसम्मत चयन भएका छन् । शाखाको चौथो अधिवेशन सप्पन्न भएको एक महिनापछि मात्र निर्वाचन गर्नुपर्ने केन्द्रको नीतिअनुसार शुक्रबार निर्वाचनको तालिका तोकिएको थियो । शाखामा ५९ जना साधारण सदस्य छन् ।

कार्यसमितिका वरिष्ठ उपाध्यक्षमा केजिन राई र महेशकुमार खाती, उपाध्यक्षमा राजकुमार थापा, रविचन्द्र भट्टराई, प्रेमचन्द्र पोमु, वाइबी गुरुङ, दिल निशानी मगर, जंगल खड्का र दीपेन्द्र गजुरेल, महासचिवमा द्रोण रिजाल, सचिवमा म्हेन्दो वाइबा, शेरबहादुर परियार, सरला कट्टेल, कलश खरेल र कमल पराजुली तथा कोषाध्यक्षमा इन्दिरा चाम्लिङ रहेका छन् ।

यसैगरी सदस्यमा वीरमान घर्ती, युवराज फुयाँल, दिनेश गौतम, गोमा खरेल, निराजन श्रेष्ठ, कृष्ण तिवारी, शान्ति अर्याल, अनिल पौडेल, भेषबहादुर सञ्जु काउचा, रमेशराज बाँस्तोला, लाक्पातेञ्जी शेर्पा र किशोर लिम्बू छन् । शाखाको संरक्षकमा पुष्प बरुवाल, पञ्चम अधिकारी र राजकुमार दिक्पाल चयन भएका छन् ।

नयाँ कार्यसमिति गठनका लागि पत्रकार महासंघ केन्द्रीय समितिका सदस्य राजेश चाम्लिङ राईको संयोजकत्वमा डा. उदयदेव आचार्य सदस्य सचिव रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment