
१४ चैत, रौतहट । क्रियाशील पत्रकारलाई सदस्यताबाट वञ्चित गरिएको भन्दै रौतहटका पत्रकारहरु आन्दोलित बनेका छन् । जिल्ला शाखाबाट सिफारिस गरिएका पत्रकारलाई सदस्यता नदिइएको भन्दै कार्यालयमा ताला लगाइएको छ ।
महासंघले गरेको यो त्रुटि सच्याउन माग गर्दै पत्रकारहरु धर्नामा बसेका छन् । जिल्ला शाखाका अध्यक्ष रविन्द्रप्रसाद साहले नयाँ सदस्यताका लागि ४२ पत्रकारको नाम सिफारिस गरेका थिए । तर १९ जनाको नाम हटाएर विवरण सार्वजनिक गरिएपछि पत्रकारहरु आन्दोलित बनेका हुन् ।
उनीहरुले माग पूरा नभए महासंघको निर्वाचन हुन नदिने चेतावनी दिएका छन् । नेपाल पत्रकार महासंघको निर्वाचन आगामी २५ चैतमा तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4