Comments Add Comment

जोशीलाई शीर्ष नेताहरुको श्रद्धाञ्जली

१४ चैत, काठमाडौं । नेपाली कांग्रेसका दिवगंत नेता नवीन्द्रराज जोशीलाई शीर्ष नेताहरुले श्रद्धाञ्जली दिएका छन् ।

शुक्रबार राति निधन भएका जोशीको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि कांग्रेस कार्यालय, सानेपामा राखिएको थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरे । सभामुख अग्निप्रसाद सापकोटा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतले श्रद्धाञ्जली दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment