Comments Add Comment

महन्थ ठाकुरलाई खगेन्द्र संग्रौलाको प्रश्न : ओलीलाई समर्थन गर्नुपर्ने बाध्यता के छ ?

१४ चैत, काठमाडौं । बृहत नागरिक आन्दोलनले प्रज्ञा डबलीमा प्रमुख दलका नेताहरुलाई बोलाएर सरकार गठनको अवरोध किन जारी छ ? कहाँ अड्किएको छ हलो ? भनेर छलफल गरेको छ ।

छलफलमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल छोटो समय सहभागी भएर फर्किए भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले बहसमा भाग लिए ।

नेताहरुले आफ्नो धारणा राखेपछि सहभागीहरुबाट खगेन्द्र संग्रौला र मोहना अन्सारीको प्रश्न लिए ।

लेखक संग्रौलाले सरकार गठनको साँचो जसपासँग रहेको बताए । तर जसपाका नेताहरुले जसले हाम्रो माग पुरा पर्छ, उसलाई समर्थन गर्छौ भनिरहेको भन्दै उनले केपी ओली र अरु बराबर हुन नसक्ने बताए । उनले ठाकुरलाई प्रश्न गरे, केपी ओलीलाई समर्थन गर्नुपर्ने बाध्यता के छ ?

जवाफमा ठाकुरले आफूहरुले प्रधानमन्त्री ओलीलाई समर्थन नगरेको बताए । पछिल्लो पटक भएको भेटमा पनि प्रधानमन्त्री ओलीले सरकारमा आउनुस् भनेर आग्रह गरेको भन्दै उनले भने, ‘हामीले समर्थन गरेका छैनौं । भनेको यत्ति हो, म तपाईको विरोधमा छैन ।’

उनले यसअघि धेरै लिखित सम्झौता भएपनि पुरा नभएकाले अब त्यसरी नहुने बताए । उनले अघि भने, ‘चेकले काम चल्दैन, अब नगद चाहिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment