Comments Add Comment

संसदीय मामिला पत्रकार समाजको नयाँ नेतृत्व चयन

१४ चैत, काठमाडौं । संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा सन्जीव बगाले निर्वाचित भएका छन् । न्युज एजेन्सी नेपालकी कृष्णा पौडेललाई पराजित गर्दै सेतोपाटी डटकमका बगाले अध्यक्षमा निर्वाचित भएका हुन् ।

नयाँ कार्यसमिति चयनका लागि शनिबार भएको निर्वाचनमा कुल १३६ सदस्यमा १३४ जनाले मत दिएका थिए । जसमा बगालेले ७९ र पौडेलले ५५ मत पाए ।
खुला उपाध्यक्ष पुरुषतर्फ डीपी उपाध्याय निर्वाचित भए । महिला उपाध्यक्षमा तुलसी सापकोटा निर्विरोध भइन् ।

महासचिवमा विष्णु खड्का र सचिवमा जयसिंह महरा निर्वाचित भए । समावेशी सचिवमा दीपेश श्रेष्ठ निर्विरोध भए । कोषाध्यक्षमा सिर्जना घिमिरे निर्विरोध भइन् ।
कार्यसमिति सदस्यहरुमा अंगराज न्यौपाने, किरण दाहाल, आकाश क्षेत्री, शम्भु दंगाल, समावेशी सदस्यमा सविता शर्मा र केशव भुल निर्विरोध भए ।

फोटोका तर्फबाट कार्यसमिति सदस्यमा रोशन सापकोटा निर्विरोध भए । भिडियोबाट अमरदीप श्रेष्ठ निर्वाचित भए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment