Comments Add Comment

सुहानाको होली

आज फागू पूर्णिमा अर्थात होली पर्व । पहाडी भूभागमा आज होली मनाइएतापनि भोली मधेसका विभिन्न जिल्लामा होली मनाइदैछ । नेपाल सरकारले कोरोनाको जोखिम फेरि बढेको भन्दै होली परिवारसँग मात्र मनाउन आग्रह गरेकाले पनि यसपटक नेपाली चलचित्रका कलाकारहरुले होलीमा ठूलो चहलपहल गर्न पाएनन् ।

अघिल्ला बर्षमा होलीको समयमा चलचित्रको प्रमोशनका लागि विभिन्न कार्यक्रममा दौडधुप गर्ने कलाकारहरुले यसपटक भने परिवारसँग नै होली मनाए । नायिका सुहाना थापाले पनि आफ्नो परिवारसँग होली मनाएकी छिन् । उनले, आफ्नो निवास नयाँ बाँनेश्वरमा निर्देशक झरना थापा, निर्माता सुनिलकुमार थापासँग होली मनाइन् । साथमा परिवारका अन्य केही सदस्यहरुसँग मात्र उनले होली मनाएको तस्वीर सार्वजनिक गरेकी छिन् ।

चलचित्र ‘ए मेरो हजुर ४’को एउटा गीतको छायांकन सकेर काठमाण्डौ फर्किएकी सुहानाले यसपटकको होली परिवारसँग मात्र मनाउन पाउँदा पनि खुशी लागेको बताइन् ।

तस्वीरः झरना थापाको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment