Comments Add Comment

यस्तो देखियो पूजा र आकाशको होली

नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठले आज होली पर्व साथीभाईको साथमा मनाएका छन् । काठमाण्डौका विभिन्न स्थानमा होली खेल्दै पूजा र आकाश बुढानिलकण्ठसम्म पुगेका थिए । होली पर्व भन्ने वित्तिकै खुशी र उमंगको पर्व रहेको बताउँदै नायक आकाश श्रेष्ठले कोरोनाका कारण खुम्चिएर होली मनाउन पर्दा रमाइलो नभएको बताए ।

उनले भने–‘होली उल्लासको पर्व हो । तर, कोरोनाले लगातार २ बर्षदेखि हामीलाई सताइरहेको छ । जसको कारणले हामीले खुम्चिएर होली मनाइरहेका छौं ।’

नायिका पूजा शर्माले पनि होलीमा यसपटक सोधेर मात्र रंग लगाइदिने गरेको देख्दा खुशी लागेको बताइन् । उनले भनिन्–‘पहिले–पहिले एक सातादेखि नै बाटोमा हिड्न समस्या पथ्र्यो । तर, यसपटक कसैले रंग लगाउँदा पनि सोधेर मात्र लगाइदिनु भएको छ । यसैले, थोरै साथीहरुसँग पनि हामीले रमाइलो गर्दै होली मनाएका छौं ।’

चलचित्र ‘सम्हालिन्छ कहिले मन’को छायांकन सकेर केही दिन अगाडि मात्र पूजा र आकाश दुबइबाट फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment