+
+

पूर्व सभासद् भण्डारीको निधन

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १६ गते १२:३५

१६ चैत, काठमाडौं । पूर्व सभासद् लक्ष्मी देवी भण्डारीको निधन भएको छ । ७१ वर्षीय भण्डारीको उपचारका क्रममा आज बिहान ललितपुरको मेडिसिटी अस्पतालमा मृत्यु भएको हो ।

धनुषाको जनकपुर उपमहानगरपालिका निवासी स्वर्गीय भण्डारी दोस्रो संविधान सभा (२०७०)मा समानुपातिकबाट नेपाली कांग्रेसका तर्फबाट सहभागी सदस्य हुन् ।

सभासद् भण्डारीको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले दु:ख व्यक्त गरेका छन् । सभापति देउवाले शोक वक्तव्‍य जारी गर्दै कांग्रेसले एक अग्रज गुमाएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?