Comments Add Comment

अनलाइनमा आइफोन अर्डर गर्दा कफी टेबल आएपछि…

एकजना किशोरले निकै सस्तो पाइयो भनेर अनलाइनमा आइफोन अर्डर गरे । जब उनले खरिद गरेको सामान घरमा आयो तब आइफोन भनिएको प्याकेट झण्डै आफूजत्रै अग्लो देखेर उनी छक्क परे । अझ उक्त प्याकेट खोलेर हेर्दा त उनी झण्डै बेहोस् । आइफोन भनेर खरिद गरेको त आइफोनकै आकारको कफी टेबल पो रहेछ ।

यो घटना थाइल्याण्डमा भएको छ । स्थानीय इ-कमर्स प्लाटर्फमबाट ती किशोरले सस्तो आइफोन अर्डर गर्दा आइफोन आकारको कफी टेबल प्राप्त भयो । वास्तवमा यो बिक्रेताको गल्तीले नभई ती किशोरकै गल्तीले भएको हो ।

अनलाइन प्लाटर्फममा जब उनले लक्जरी फोन निकै सस्तो मूल्यमा बिक्री भैरहेको देखे तब उनले तत्कालै दायाँ बायाँ नहेरी त्यहाँ रहेको द्यगथ बटन थिचिहाले । तर जब उनको सामान घरमा डेलिभर्ड भयो तबमात्र उनले आफूले गरेको गल्तीको महसुस गरे ।

किन कि सामान अर्डर गर्नुअघि उनले केवल आइफोन भन्ने शब्दमात्र पढे त्यसपछिका शब्द तथा प्रडक्टको व्याख्या ध्यानपूर्वक पढेनन् ।

उनले आफू र आफूले खरिद गरेको आइफोनको तस्वीर सोसल मिडियामा पोष्ट गरेका छन् । आइफोन आकारको टेबल नजिकै उनी उभिएको तस्वीर सोसल मिडियामा भाइरल बनेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment