Comments Add Comment

आफ्नो प्रणालीमा नेप्सिनेले ‘अलाउ लिष्ट’ थप्दै

 

नेप्सिने कम्पनीले संगीत धनीका लागि उल्लेख्य आम्दानी संकलनको योजना अन्र्तगत आफ्नो प्रणालीमा ‘अलाउ लिष्ट’ थप्ने भएको छ । यस कार्यक्रम अन्तर्गत नेप्सिनेका प्रयोगकर्ताहरु जस्तै ध्वनी रेकडिङ मालिकहरु वा तिनीहरुका प्रतिनिधीहरुले अब युटुब कन्टेन आइडी प्रणाली प्रयोग गर्न सक्नेछन् ।

कम्पनीले दिएको जानकारी अनुसार, यसको प्रयोगबाट संगीत धनीको आधिकारीक च्यानलमा कुनै असर नपर्ने गरि सबै अनाधिकृत रुपमा अपलोड भएका सामाग्रीहरुको युटुब इकोसिस्टममा मोनिटाइज गर्न सकिने बताइएको छ । यो सिस्टम प्रयोगसँगै संगीतकर्मीहरुलाई आर्थिक रुपमा पनि फाइदा पुग्ने कम्पनीले बताएको छ ।

कम्पनीले दिएको जानकारी अनुसार, ‘अलाउ लिष्ट’ सिस्टम युटुब च्यानल वा युटुब लिंक व्हाइटलिस्ट गर्ने एक विशेष उपकरण पनि हो जसलाई नेप्सिनेले व्यवस्थापन गर्दै आफ्ना सदस्यहरुलाई यो सुविधाबाट लाभान्वित गराउने बताएको छ ।

यो प्रणालीको प्रयोग अन्तरगत संगीत धनीहरुलाई कुनै फारम भर्नु नपर्ने, कुनै म्यानुअल दाबी प्रक्रिया गर्नु नपर्ने र कुनै उल्लंघनकर्ताहरु र युटुब प्रशासनहरुलाई दाबी गर्नु नपर्ने सुविधा प्रदान गर्ने हुँदा श्रष्टाको सम्पत्ती संरक्षणमा झनै सहज हुने कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment