+
+
Shares

घाइते सहचालक नदीमा फालेको आरोपमा चालक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १६ गते १६:१३
पक्राउ परेका अमित परियार र सुनील राना ।

१६ चैत, काठमाडौं । स्याङ्जामा ट्याक्टरबाट खसेर घाइते भएका सहचालकलाई कालीगण्डकी नदीमा फालेको आरोपमा चालक पक्राउ परेका छन् ।

बालुवा लिएर फर्किँदा चैत ५ गते सहचालक गणेश गाहालाई गल्याङ नगरपालिकाको साँखरबाट कालीगण्डकीमा जिउँदै फालेको अभियोगमा लु अ अ फ १०१२ नम्बरको ट्याक्टरका चालक अमित परियार पक्राउ परेका हुन् ।

श्रीमती र छोरीसहित भारततर्फ भाग्न लागेको अवस्थामा वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी निरीक्षक हरिप्रसाद पौडेलको टोलीले रुपन्देही वेलहिया नाकाबाट चैत १३ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र अधिकारीले जानकारी दिए । परियारलाई चैत १६ गते अदालत उपस्थित गराई अनुसन्धानका लागि अनुमति लिएको उनले बताए ।

चैत ५ गते बालुवा लिएर फर्किँदा सहचालक गणेश गाहा खसेर घाइते भएपछि चालक अमित परियार र सहचालक सुनील रानाले घाइतेलाई नदीमा फालेर फरार भएको प्रहरीको भनाइ छ । फरार भएका सुनील चैत ८ गते पाल्पाबाट पक्राउ परिसकेका छन् ।

उनीहरुविरुद्ध ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?