+
+
Shares

मोरङमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १७ गते १२:३३

१७ चैत, विराटनगर । जङ्गली हात्तीको आक्रमणबाट मोरङको मिक्लाजुङ गाउँपालिका- ६ मा एकजनाको मृत्यु भएको छ ।

४९ वर्षीय यामबहादुर बोहोराको मृत्यु भएको हो । उनलाई सोमबार राति हात्तीले आक्रमण गरेको थियो ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक कुन्दन देवका अनुसार मृतक अपाङ्गता भएका व्यक्ति हुन् । उनी बोल्न र सुन्न सक्दैन्थे ।

राति छिमेकीको घरबाट फर्किने क्रममा राति करिब १० बजेतिर हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

यामबहादुरकी  श्रीमती सावित्रा कार्कीले भने भागेर ज्यान जोगाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?