+
+
Shares

कुटपिट गरी हत्या गरेको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १७ गते १३:३४

१७ चैत, काठमाडौं । कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा ६० वर्षीय वृद्धको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

शुद्धोधन गाउँपालिका–३ मेहतीनियास्थित बाबा इँटाभट्टामा काम गर्ने भारतको नौबादा जिल्ला घर भएका ६० वर्षीय गंगा मल्लाहको कुटपिट गरी हत्या गरेको आरोपमा सोही ठाउँका ३० वर्षीय रन्जित मल्लाहलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुबीच एकापसमा झगडा तथा कुटपिट हुँदा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका गंगाको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरी चौकी लवनीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न रन्जितलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?