Comments Add Comment

न्यून गुणस्तर तथा दूषित खाद्यवस्तु बिक्री आरोपमा ७६ कम्पनीविरुद्ध मुद्दा दर्ता

फाइल तस्वीर

१७ चैत, काठमाडौं । कमसल गुणस्तर तथा दूषित खाद्य पदार्थ बिक्री वितरण गरेको आरोपमा ७६ उद्योग विरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा दर्ता भएको छ । बजार अनुगमनका क्रममा संकलित नमुना तथा उपभोक्ताको उजुरीका आधारमा चालु आर्थिक वर्षको आठ महिनामा ती उद्योगहरुविरुद्ध मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

दायर गरिएका मुद्दा मध्ये सबैभन्दा धेरै प्रशोधित पिउने पानीको ११, तयारी चाउचाउको ७, मसलाको ६ र घ्युको ५ वटा रहेको विभागका प्रवक्ता मोहन कृषि मर्हजनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै खाने तेलमा पाँच, बेकरी, दाना, सस्, मह, दालमोठ भुजिया र बिस्कुट चार–चार वटा उद्योग विरुद्ध पनि मुद्दा दर्ता गरिएको प्रवक्ता मर्हजनले बताए ।

यस्तै मिठाइ, दही, चामल, बियर, गेडागुडी, खुर्सानीको धूलो जस्ता विभिन्न खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण उद्योगविरुद्ध पनि मुद्धा दर्ता भएको विभागले जनाएको छ । विभागले दायर गरेका मुद्दाहरुमध्ये ३५ थान मुद्दाहरु न्यून गुणस्तरका, २३ थान मुद्दाहरु लेवल लगायतका विवरण नमिलेको र १२ वटा मुद्दाहरु दूषित पदार्थको र बाँकी ६ वटा मुद्दाहरु खाद्य ऐन नियम निर्देशिका उल्लंघन सम्बन्धी रहेको विभागका प्रवक्ता मर्हजनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment