+
+
Shares

ओलीलाई सुरेन्द्र पाण्डेको जवाफ : मलाई लगाएका आरोप तपाईंतिरै सोझिएका छन्

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १७ गते १८:०४

१७ चैत, काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी नेतृत्वले स्पष्टीकरण सोध्दा लगाएका आरोपहरु झूटाे भएको बताएका छन् ।

मंगलबार अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै स्पष्टीकरणको जवाफ पठाएका नेता पाण्डेले भनेका छन्, ‘तपाईंले मलाई आरोपका रुपमा विभिन्न प्रश्नहरु तेर्स्याउनुभएको छ । प्रश्नहरु हेर्दा तपाईंमाथि नै धेरै प्रश्न सोझिएका छन् ।’

आफूलाई प्रचण्डको मतियार भन्ने आरोप लगाउनु हास्यास्पद भएको पाण्डेले बताएका छन् । प्रचण्डसँग १५ असोज २०७४ मा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने र सिट बाँडफाँट गर्ने तथा ३ जेठ २०७५ मा पार्टी एकता गर्दा आलोपालो अध्यक्ष र आधाआधा प्रधानमन्त्री हुने गोप्य सहमति ओली आफैंले गरेको भन्दै उनले भनेका छन्, ‘अब तपाईं आफैं भन्नुस्, प्रचण्डको मतियार तपाईं हो कि अरु कोही ?’

साबिकको नेकपामा २८ कात्तिकमा प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव तयार गर्न भूमिका खेलेको आरोप पनि झूटाे भएको उनले बताएका छन् ।

पार्टी निर्देशन विपरीत कार्यकर्ता भेला गरेर समानान्तर कमिटी बनाउनुलाई उनले बाध्यात्मक कदम भनेका छन् । २ चैतमा धुम्बाराहीमा भएको छलफलमा २८ चैतको निर्णय, र अरु बैठक रोके कार्यकर्ता भेला पनि रोक्न प्रस्ताव गर्दा किन लत्याउनुभयो भन्ने प्रश्नको जवाफमा पाण्डेले भनेका छन्, ‘तपाईंले पार्टी एकता बचाउन हामीले गरेको लचकतापूर्ण प्रस्तावलाई अस्वीकार गरेपछि हामी उक्त भेला गर्न बाध्य भएका थियौं ।’

यसबारे प्रश्न गर्नुकाे साटो देशभरबाट आएका कार्यकर्तालाई धन्यवाद दिनुपर्ने उनले बताएका छन् ।

पार्टी एकतालाई जोगाउन २ जेठ २०७५ मा फर्किनुको विकल्प नभएको भन्दै उनले स्पष्टीकरणको जवाफमा भनेका छन्, ‘फागुन २८ र त्यसपछिका गुटभेलाका निर्णयहरु बदर गरी पार्टीलाई विधि र विधान अनुसार सञ्चालन गरे मात्र पार्टी एकता जोगाउन सम्भव हुनेछ ।’

पढ्नुहोस् पाण्डेको स्पष्टीकरणको पूर्णपाठ

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?