+
+

डीडीसीले सुरु गर्‍यो डेरी ह्वाइटनरको उत्पादन र बिक्री

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १७ गते १८:३६
फाइल तस्वीर

१७ चैत, काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले फ्याट र चिनी मिश्रित इन्स्ट्यान्ट डेरी ह्वाइटनरको व्यवसायिक बिक्री सुरु गरेको छ ।

संस्थानको प्रधान कार्यालय लैनचौर र न्यूरोडबाट ह्वाइनटरको बिक्री सुरु भएको संस्थानले जनाएको छ । नेपालमा पहिलो पटक फ्याट र चिनी मिश्रित डेरी ह्वाइटनरको बिक्री सुरु भएको संस्थानका योजना तथा बजार व्यवस्था विभाग प्रमुख सञ्जिव झाले बताए ।

आठ सय र चार सय ग्रामको दुई थरी प्याकेजिङमा बजार पठाइएको उक्त प्रकारको दूधमा १८ प्रतिशत चिनी र २० प्रतिशत मिल्क फ्याट हुने उनले बताए । ‘तातोपानीमै घोलेर चिया, कफी, मिल्क वेभरेज, सेरिअल्स, खिर, दही तथा मिठाइ बनाउन यो प्रडक्ट महत्वपूर्ण छ,’ झाले भने ।

आठ सय ग्रामको प्याकेजिङका लागि बजार मूल्य सात सय ८० रुपैयाँ र ४ सय ग्रामको मूल्य तीन सय ९५ रुपैयाँ तोकिएको संस्थानले जनाएको छ । बिस्तारै यस्ता उत्पादनहरुको बिक्री देशैभरको केन्द्रबाट सुरु गरिने योजना संस्थानको छ ।

विराटनगर प्लान्टबाट दैनिक २५ सय किलोको दरले ह्वाइटनर उत्पादन हुने गरेको संस्थानले जनाएको छ । एक किलो डेरि ह्वाइटनर बनाउन नौ लिटर दूध खर्च हुने संस्थानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?