News Summary
Generated by OK AI. Editorially reviewed.- कांग्रेस महामन्त्री गगन थापाले दुग्ध विकास संस्थानको बक्यौता सरकारी अनुदानबाट घटेको दाबी गरेका छन्।
- प्रतिनिधिसभामा रास्वपा सांसद सुशान्त वैदिकले थापाको भनाइको सत्यता छानबिन गर्न सरकारसँग माग गरेका छन्।
- प्रधानमन्त्री बालेन शाहले डीडीसीको सुधारपछि दैनिक राजस्व संकलन ६० लाखबाट ९० लाख पुगेको दाबी गरेका छन्।
२२ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले अर्थ मन्त्रालयले पैसा दिएपछि दुग्ध विकास संस्थान (डीडीसी) बाट रोकिएको किसानको बक्यौता घटेको दाबी गरेका छन् ।
आइतबार उनले सार्वजनिक रूपमा गरेको यस्तो दाबी उपर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुशान्त वैदिकले तथ्य खोजेका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यसबारे सरकारले जवाफ दिनुपर्ने माग समेत राखेका छन् ।
‘प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले भन्नुभएको रहेछ– डीडीसीको ७२ करोडको बक्यौता ३५ करोडमा झर्यो भनेको कमाएर होइन, यो अर्थ मन्त्रालयले पैसा दिएर भएको हो’ यो कुरामा के कति सत्यता छ । नेपाल सरकारलाई प्रष्ट पारिदिन आग्रह गर्दछु ।’
गत शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधनमन्त्री बालेन शाहले सरकारी उद्योगहरूमा सुधार आउँदै गरेको बताएका थिए ।
त्यसक्रममा उनले डीडीसीबाट रोकिएको किसानको बक्यौता भुक्तानीलाई प्राथमिकता दिँदै भुक्तानी चक्र ८ महिनाको अवधि (७२ करोड रुपैयाँ) लाई घटाएर २/३ महिना (३५ करोड रुपैयाँ) मा झारिएको बताएका थिए ।
किसानलाई दूधमा प्रतिलिटर १ रुपैयाँ प्रोत्साहन रकम थप गरिएको र सुधारका प्रयास सुरु भएपछि दैनिक बिक्री ३५ प्रतिशतले ले बढेर राजस्व संकलन औषत दैनिक ६० लाखबाट ९० लाख रुपैयाँ पुगेको बताएका थिए ।
कानुन विपरीत विगतदेखि सबै कर्मचारीलाई वितरण गरिरहेको घिउ र दूधको सुविधा कटौती गरी वार्षिक झन्डै ३ करोड रुपैयाँ बचत गरिएको पनि उनले उल्लेख गरेका छन् ।
चाँडै खाडीमा घिउ, चीनमा बटर र छुर्पी निर्यात गर्ने तयारी भइरहेको र नगरकोट केन्द्रबाट चिज उत्पादन पुन: सुरु गरिँदै गरेको प्रधानमन्त्री बालेनले बताएका थिए ।
प्रधानमन्त्री बालेनको यो भनाइमा प्रश्न उठाउँदै कांग्रेस सभापति थापाले कांग्रेसका सभापति थापाले डिडिसीको ७२ करोडको बक्यौता ३५ करोडमा गर्नुका पछाडि कमाइ नभएर अर्थ मन्त्रालयले पैसा दिएर यो सम्भव भएको दाबी गरेका थिए ।
यसपटक रास्वपा सांसद वैदिकले तथ्य खोज्दै सरकारसँग जवाफ मागेका हुन् ।
प्रतिक्रिया 4