+
+
Shares

डीडीसीको आठौँ बिक्री केन्द्र वनस्थलीमा सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २४ गते ११:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दुग्ध विकास संस्थानले उपभोक्तालाई सहज रूपमा दुग्धजन्य पदार्थ उपलब्ध गराउने उद्देश्यले काठमाडौंको वनस्थलीमा आफ्नो आठौं आधिकारिक बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ।
  • महाप्रबन्धक डा. शरणकुमार पाण्डेले बिक्री केन्द्रको उद्घाटन गर्दै उत्पादनलाई उपभोक्तासम्म पुर्‍याउन र किसानको बजार सुनिश्चित गर्न थप केन्द्रहरू विस्तार गरिने जानकारी दिनुभयो।
  • ‘उपभोक्ताले अब एउटै ठाउँबाट संस्थानका विभिन्न दुग्धजन्य पदार्थ सजिलै किन्न सक्नेछन्,’ भन्दै उहाँले बजारको मागअनुसार भविष्यमा थप स्थानमा बिक्री केन्द्र खोल्ने योजना सुनाउनुभयो।

२४ साउन, काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले उपभोक्तालाई दूध तथा दुग्धजन्य पदार्थ सहजै उपलब्ध गराउने उद्देश्यले काठमाडौंको वनस्थलीमा आफ्नो आठौं बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ ।

बिक्री केन्द्रको उद्घाटन गर्दै संस्थानका महाप्रबन्धक डा. शरणकुमार पाण्डेले उत्पादनलाई उपभोक्तासम्म सजिलै पुर्‍याउन यस्ता केन्द्र विस्तार गर्दै लगेको बताए ।

यसबाट किसानले उत्पादन गरेको दूधको बजार सुनिश्चित हुनुका साथै स्वदेशी दुग्धजन्य पदार्थको खपत बढाउन मद्दत पुग्ने उनको भनाइ छ । ‘उपभोक्ताले अब एउटै ठाउँबाट संस्थानका विभिन्न दुग्धजन्य पदार्थ सजिलै किन्न सक्नेछन्,’ उनले भने ।

पाण्डेले बजारको आवश्यकता र उपभोक्ताको माग हेरेर आगामी दिनमा अन्य ठाउँमा पनि यस्ता केन्द्र खोल्ने योजना रहेको जानकारी दिए ।

वनस्थलीमा नयाँ केन्द्र खुलेपछि संस्थानका आधिकारिक बिक्री केन्द्रको संख्या ८ पुगेको छ ।

बिक्री केन्द्र विस्तारलाई किसानको बजार सुनिश्चित गर्ने र उपभोक्तालाई गुणस्तरीय स्वदेशी उत्पादन पुर्‍याउने मुख्य माध्यमका रूपमा अघि बढाइएको संस्थानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?