+
+
Shares

प्रचण्डले देउवालाई भने : सरकारबारे फाइनल निर्णय दिनुस्

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १७ गते २०:३५
फाइल तस्वीर

१६ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेताहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर सरकार गठनबारे प्रष्ट निर्णय दिन आग्रह गरेका छन् ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका थिए । भेटमा प्रचण्डले मिलेर सरकार बनाउने कि नबनाउने फाइनल गर्न आग्रह गरेका छन् । देउवाले भने भोलि जनता समाजवादी पार्टी (जसपा) नेताहरुसँग कुरा गर्ने र पर्सि निर्णय लिने जवाफ दिएको स्रोतको दाबी छ ।

माओवादी केन्द्रले कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि प्रस्ताव राख्दै आएको छ । कांग्रेस नेताहरु पनि देउवाको नेतृत्वमा सरकार बनाउन एकमत देखिएका छन्, तर जसपाले निर्णय नगरेको भन्दै देउवाले पहल लिएका छैनन् ।

जसपामा भने दुई धार छ । अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहितका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीसँग निरन्तर सम्वादमा छन् भने संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र महतोलगायतका नेताहरु कुनै हालतमा ओली सरकारको विकल्प दिनुपर्ने पक्षमा छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?