+
+
Shares

दमकमा वेश्यावृत्ति गराएको आरोपमा २ जना पक्राउ, ८ जनाको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १८ गते १०:०५

१८ चैत, दमक । झापाको दमकमा वेश्यावृत्ति गराएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका ३ बस्ने ३८ वर्षीया उर्मिला नेम्वाङ र ईलामको चुलचुली गाउँपालिका ४ बस्ने नन्दिता सावाँ लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।

दमक नगरपालिका वडा नं. ६ नयाँ सब्जीमण्डीस्थित एक घर भाडामा लिई वेश्यावृत्ति गराइरहेको सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरिएको थापाले बताए ।

साथै इलाका प्रहरी कार्यालय दमकले सो भाडाको घर खानतलासी गरी १७ देखि ३९ वर्ष उमेर समूहका आठजना महिला तथा युवतीहरुलाई उद्धारसमेत गरेको प्रहरीले जनाएको छ । उद्धार गरिएकाहरुलाई आफन्तको जिम्मा लगाई छाडिएको पनि प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?