Comments Add Comment

जीप दुर्घटनामा चालकको मृत्यु

१८ चैत, पाँचथर । पाँचथरको याङवरक गाउँपालिकामा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

याङवरक गाउँपालिका–१ च्याङथापू जाँदै गरेको मे १ ज ३५६ नम्बरको जीप याङवरक–३ यलम्बर चोकमा दुर्घटना हुँदा सवारी चालक फिदिम नगरपालिका–२ पल्लोटारका ३५ वर्षीय फूलकुमार राईको मृत्यु भएको हो ।

जीप सडकबाट करिब २ सय मिटर तल खसेको थियो । दुर्घटनामा घाइते चालक राईको उपचारका क्रममा जिल्ला अस्पताल फिदिममा मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते फिदिम–२ का २२ वर्षीय आशिष राईलाई उपचारका लागि झापा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment