+
+
Shares

मेलम्चीको पानी ल्याएको जस यो सरकारले मात्र लिन मिल्दैन : सांसद केसी

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १८ गते १३:५५

१८ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद राजेन्द्रकुमार केसीले मेलम्चीको पानी काठमाडौं ल्याएको जस अहिलेको सरकारले मात्र लिन नमिल्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले मेलम्चीको पानी काठमाडौं ल्याउने सपना ३० वर्षअघि नै कांग्रेसका तत्कालिन नेता कृष्णप्रसाद भट्टराईले देखेको बताए ।

३० वर्षयता भएको कामका कारणले नै अहिले मेलम्चीको पानी काठमाडौं आइपुगेको केसीको भनाइ छ । ‘हाम्रा सन्त नेता भट्टराईले जुन सपना देख्नुभएको थियो …त्यो काकाकुल अवस्थाबाट कसरी काठमाडौंबासीलाई खानेपानी उपलब्ध गराउन सकिन्छ भनेर ३० वर्षअघि उहाँले सपना देख्नुभयो, अहिले पानी आयो, यो सबैका लागि खुशीको कुरा हो’ उनले भने ।

जस कसले लिने भन्ने ठूलो कुरा नभई काठमाडौंमा पानी आउनु ठूलो कुरा भएको भन्दै उनले भने ‘३० वर्षदेखि गरेको काम अहिले मैले गरेँ भनेर हुंकार गर्नु कत्तिको न्यायोचित हुन्छ ?’

सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी सुरुङमार्फत काठमाडौं ल्याई वितरण गर्ने योजना अनुसार गत चैत १५ गतेदेखि परीक्षणका रुपमा पानी वितरण सुरु गरिएको छ ।

म्यानमारको आन्दोलनमा ऐक्यवद्धता

नेता केसीले म्यानमारमा भइरहेको नरसंहार अमानवीय र निन्दनीय रहेको बताए । उनले त्यहाँ निर्वाचित सरकारको पुनर्बाहाली र प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीको रिहाइको माग गरे ।

केसीले म्यानमारका नागरिकले लोकतन्त्रका लागि गरेको आन्दोलनको पक्षमा विश्वभरका नागरिकले ऐक्यवद्धता जनाउन जरुरी रहेको पनि बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?