Comments Add Comment

म्यानमार दूतावासमा अखिल क्रान्तिकारीले बुझायो विरोधपत्र

१८ चैत, काठमाडौं । म्यानमारमा लोकतन्त्रको माग गर्दै जारी प्रदर्शनमा भएको सैन्य दमनविरुद्ध नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले विरोध जनाउँदै म्यानमारको दूतावास अगाडि प्रदर्शन गरेको छ ।

बुधबार ललितपुरको भैंसेपाटीस्थित म्यानमार दूतावास कार्यालय अगाडि धर्ना र नाराकाजी गर्दै अध्यक्ष रञ्जित तामाङसहितको टोलीले विरोध पत्र बुझाएको हो ।

दूतावासमा बुझाएको विरोध पत्रमा भनिएको छ, ‘आजको एक्काइसौं शताव्दीमा पनि सैन्य बुटको बलमा मच्चाइएको यस खालको अत्यन्तै पाशविक, बर्बर र हिंस्रक दमनको हामी घोर निन्दा र भर्त्सना गर्दछौं ।’

लोकतन्त्र, मानव अधिकार र शान्तिका विश्वव्यापी मूल्यहरुको खिलापमा म्यानमारमा अमानवीय र क्रुर दमन भएको भन्दै अखिल क्रान्तिकारीले अविलम्ब रोक्न ध्यानाकर्षण गराएको छ ।

विरोध पत्र बुझ्दै दूतावासका प्रतिनिधिले उक्त पत्र म्यानमार सरकारसमक्ष पुर्‍याउने बताएको अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment