Comments Add Comment

मेलम्चीको पानी वितरण भृकुटीमण्डपमा राष्ट्रपतिबाट शुभारम्भ गरिँदै

१८ चैत, काठमाडौं । आगामी चैत २० गते अर्थात् शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको शुभारम्भ गर्ने भएकी छिन् । काठमाडौंमा एक समारोह नै आयोजना गरेर पानी वितरणको औपचारिक सुरुआत गर्न लागिएको हो ।

खानेपानी मन्त्रालयका सहसचिव तथा प्रवक्ता रमेश न्यौपानेकाअनुसार भृकुटीमण्डपमा २४ घण्टा नै पानी खस्ने गरी ढुङ्गेधारा बनाएर मेलम्चीको खानेपानी वितरण औपचारिक सुरुआत गरिनेछ । सर्वसधारणले निःशुल्क पिउन मिल्ने गरी भृकुटीमण्डपमा अहिले ३ वटा धारा बनाइँदैछ ।

‘पानी वितरणको परीक्षण सफल भयो,’ न्यौपानेले भने,’शुक्रबार राष्ट्रपतिज्युबाट पानी वितरणको औपचारिक शुभारम्भ हुनेछ ।’

आयोजनाको बाँधस्थल (हेडवर्क्स)को काम नसकिए पनि खोलाबाट सिधै सुरुङमा पानी राखेर काठमाडौंमा मेलम्चीको पानीको वितरण सुरु भइसकेको छ ।

गत चैत १५ गतेबाट नै आयोजना गरेर काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले काठमाडौंमा मेलम्चीको पानी वितरण गर्न थालेको थियो । त्यसक्रममा समेत औपचारिक कार्यक्रम नै आयोजना गरेर केयूकेएलले मेलम्चीको पानी वितरण सुरु भएको घोषणा गरेको थियो ।

सो दिन ‘मेलम्ची खानेपानी वितरण शुभारम्भ कार्यक्रम’  ब्यानर नै राखेर कार्यक्रम आयोजना गरेकोमा खानेपानी तथा सरसफाइ मन्त्रालयले आपत्ति जनाएको केयूकेएल स्रोतले बतायो ।

‘त्यसदिन ब्यानार नै राखेर कार्यक्रम गर्न नहुने थियो,’ स्रोतले भन्यो,’राष्ट्रपतिमार्फत पानी वितरण सुरु गर्ने मन्त्रालयको पूर्वयोजनाअनुसार चैत २०मा कार्यक्रम गर्न लागिएको हो ।’

शुक्रबार दोस्रोपटक मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको शुभारम्भ  कार्यक्रम हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment