+
+
Shares

उपत्यका छिर्नुअघि नाकामा स्वास्थ्य जाँच, ज्वरो देखिए पिसीआर रिपोर्ट चाहिने

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १८ गते १७:४६

१८ चैत, काठमाडौं । उपत्यका छिर्ने व्यक्तिमा ज्वरो आएको पाइए पिसीआर रिपोर्ट देखाउनुपर्ने भएको छ । कोरोना संक्रमणको दर बढिरहेका बेला ज्वरो देखिएका व्यक्तिले पिसीआर परीक्षण रिपोर्ट देखाउनुपर्ने प्रावधान राखिएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार नाकामा ज्वरो नाप्ने कार्यलाई कडाइका साथ लागू गरिएको छ । ‘नाकामा रहेका हेल्थ डेस्कमा जनस्वास्थ्य कार्यालयबाट खटिएकाले ज्वरो नाप्छन्’, पराजुलीले अनलाइनखबरसँग भने, ‘ज्वरो वा अन्य लक्षण देखिए पिसीआर रिपोर्ट देखाउन अनिवार्य गरेका छौं ।’

महामारी फैलिन नदिन साबुन पानीले हात धुने, सामाजिक दूरीको पालना गर्ने जस्ता कुरामा चेतना बढाउने खालका गतिविधि पनि थालिएको पराजुलीले बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?