+
+
Shares

किशोरीहरुलाई जबरजस्ती यौनजन्य कार्य गर्न लगाएको आरोपमा ५ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १९ गते ११:२०

१९ चैत, काठमाडौं । किशोरीहरुलाई जबरजस्ती यौनजन्य कार्य गर्न लगाएको आरोपमा प्रहरीले होटल सञ्चालकसहित ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ गर्नेमा सिन्धुली घर भई माकलबारी बस्ने २४ वर्षका सरगम भन्ने श्याकुमार भट्टराई, १८ वर्षकी मसेली भन्ने सुहाना तामाङ, काठमाडौं जोरपाटीका ५२ वर्षीय प्रकाश ढुंगेल, नुवाकोट घर भई मालबारी बस्ने २१ वर्षीया मिना थापा मगर र काठमाडौं गगालफेदीका ४७ वर्षीय राजकुमार सुनार छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार आफ्नी १८ वर्षकी छोरीलाई कपडा पसलमा काम लगाईदिने भन्दै सुहानाले लगेको र श्यामकुमारसँग मिलेर जवरजस्ती यौनजज्य कार्य गर्न लगाएको भन्दै बुधबार उजरी परेको थियो । त्यसआधारमा प्रहरीले सुहाना र श्यामकुमारलाई पक्राउ गर्नुका साथै उनीहरुले बालिका तथा किशारीहरुलाई राख्न माकलबारीमा लिएको फ्याटमा छापा मार्‍यो । त्यहाँ युवतीहरुलाई खान बस्न मिल्ने व्यवस्थाका साथै गर्भ निरोधक अस्थायी साधनहरु पनि बरामद भएको प्रहरीले जनाएको छ ।

पीडित किशोरीलाई पाथिभरा फेमिली कटेज एण्ड खाजा घर सुन्दरीजलमा पुर्‍याएर जवरजस्ती करणी भएको भन्दै प्रहरीले होटल सञ्चालक प्रकाश ढुंगेल र मुना थापा मगरका साथै राजकुमार सुनारलाई पनि पक्राउ गरेको छ ।

अनुसन्धानका क्रममा सुहानाले आर्थिक अवस्था कमजोर भएका बालिका तथा युवतीहरुलाई कपडा पसल लगायतमा काम लगाउने प्रलोभन देखाएर श्यामकुमार कहाँ पुर्‍याउने गरेको पाइएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार श्यामले भने किशोरीहरको तस्वीर तस्वीर होटल सञ्चालहरुलाई तस्वीर पठाउने र ग्राहकसँग मोलमोलाई गरेर यौनजन्य कार्य गर्न लगाएको पाइएको छ ।

१६ वर्षीया किशोरी भने उनीहरुलाई झुक्याएर भाग्न सफल भएपछि अभिभावकले उजुरी दिएको महानगरीय प्रहरी परिसर, भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक गिरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?