+
+
Shares

हुन्डाइले ल्यायो नयाँ वर्षका लागि आकर्षक योजना

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १९ गते १२:५४

१९ चैत, काठमाडौं । हुन्डाइका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो नयाँँ वर्ष योजना ‘यो नयाँँ वर्ष २०७८, हुन्डाइ चढौं अघि बढौं’ सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत हुन्डाइको कुनै पनि गाडीको खरिदमा आकर्षक छुट तथा विशेष सुविधाहरु प्राप्त गर्न सकिनेछ ।

योजना अन्तर्गत हरेक खरिदमा ग्राहले आकर्षक नगद छुट, स्क्रयाच कार्ड मार्फत २० हजारदेखि ७८ हजारसम्मको अतिरिक्त छुट, १५ हजार बराबरको लोयल्टी बोनस, १ लाख रुपैयाँसम्मको एकसचेन्ज बोनस तथा १ वर्षको बीमा सुविधा प्राप्तगर्न सकिने इन्टरकन्टिनेन्टल प्रालिले जनाएको छ । आफ्नो सम्पूर्ण गाडीहरुमा ६ वर्षको निःशुल्क सर्भिस तथा ३ वर्षको वारेन्टी सुविधा उपलब्ध गराउँदै आइरहेको इन्टरकन्टिनेन्टल प्रालिले जनाएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका अनुसार नेपालभर १३ शोरुम तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?