Comments Add Comment

बेरोजगार विद्यार्थीलाई २० घण्टा रोजगारी माग राख्दै अखिल क्रान्तिकारीको ज्ञापनपत्र

१९ चैत, काठमाडौँ । अखिल क्रान्तिकारीले विभिन्न १८ बुँदे माग राख्दै त्रिभुवन विश्वविद्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

अध्यक्ष रन्जित तामाङको नेतृत्वमा गएको टोलीले उपकुलपतिलाई ज्ञापन पत्र बुझाउँदै क्याम्पसमा पढ्ने बेरोजगार विद्यार्थीका लागि हप्ताको कम्तिमा २० घण्टा रोजगारीको ग्यारेण्टीको माग राखेका छन् ।

उनीहरुले कोभिड १९ र लकडाउनको समयावधिको सम्पूर्ण शुल्क मिनाहाको समेत माग गरेका छन् ।

यसकासाथै विद्यार्थी युनियनको निर्वाचनको कार्यतालिका सार्वजनिक तथा राजनीतिक भागबण्डाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्ति गर्ने प्रणाली खारेज लगायतको माग राख्दै ज्ञापनपत्र बुझाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment