+

कोरोना संक्रमणपछि सचिन तेन्दुलकर अस्पताल भर्ना

२०७७ चैत  २० गते १४:२४ २०७७ चैत २० गते १४:२४
कोरोना संक्रमणपछि सचिन तेन्दुलकर अस्पताल भर्ना

२० चैत, काठमाडौँ । भारतीय चर्चित क्रिकेटर सचिन तेन्दुलकरलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि  अस्पताल भर्ना भएका  छन् । शुक्रबार उनी मुम्बइको एक अस्पतालमा भर्ना गरिएको भारतीय सञ्‍चार माध्यमहरुले जनाएका छन् । उनलाई २७ मार्चमा कोरोना संक्रमण पुष्टि भएको थियो।

यसका साथै सचिनले आफूलाई कोरोना पोजिटीभ भएको जानकारी सामाजिक सञ्‍जालबाट दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ तपाइकबो इच्छा र प्रार्थनामको लागि धन्यवाद। चिकित्सको सल्लाहमा मलाई अस्पताल भर्ना गरिएको छ। किनकी पुरै सावधानी हुन पाओस् । मलाई आशा छ की म चाँडै घर फर्किनेछु ।ध्‍यान दिनुस् र सुरक्षित रहनुस्।’

यस्तै सचिनले भारतको विश्वकप जीतको १० वर्ष पुगेको उपलक्ष्‍यमा भनेका छन्, ‘ सबै भारतीय तथा मेरो साथीहरुलाई हाम्रो विश्‍व कप जीतको १०औ वर्षगाँठको शुभकामना व्‍यक्त गर्दछु।’

कोरोना संक्रमण सचिन तेन्दुलकर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय