Comments Add Comment

वाग्मती प्रदेशसभाको बैठक चैत २४ गतेका लागि बोलाइयो

वाग्मती प्रदेशसभाको फाइल तस्वीर ।

२० चैत, हेटौंडा । वाग्मती प्रदेशसभाको वैठक चैत २४ गतेका लागि बोलाइएको छ । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता भएपछि सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक बोलाएका हुन् ।

मुख्यमन्त्री पौडेलविरुद्ध तत्कालिन नेकपाको प्रचण्ड माधव समूहले अविश्वास प्रस्ताव पेश गरेको थियो । तर सर्वोच्च अदालतको २३ फागुनको फैसलाले एमाले र माओवादी केन्द्रबीचको एकता अस्वीकार गरेपछि दुबै दल अलग अलग रुपमा क्रियाशील भएका थिए ।

त्यसपछि एमाले संसदीय दलको निर्देशनमा एमाले सांसदहरुले अविश्वास प्रस्तावबाट नाम फिर्ता लिइसकेका छन् ।

मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमाथि प्रदेशसभामा छलफल नै भएको थिएन । गत फागुन ५ गतेका लागि बोलाइएको प्रदेशसभा बैठक सूचना टाँसेर अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।

एमाले सांसदहरुले अविश्वास प्रस्ताव फिर्ता लिएपछि मुख्यमन्त्रीको पद सुरक्षित भएको छ । किनभने वाग्मती प्रदेशमा सरकार निर्माणका लागि एमालेसँगै बहुमत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment