 
																			११ माघ, हेटौंडा। बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश मन्त्रिपरिषद्ले प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी शुक्रबार माघ १८ गते ११ बजे प्रदेश सभाको १५औं अधिवेशन बोलाउन प्रदेश प्रमुख दिपकप्रसाद देवकोटा समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
मन्त्रिपरिषद्ले सिफारिस गरेपछि प्रदेश प्रमुखले अधिवेशन बोलाउने कानुनी व्यवस्था छ । प्रदेशसभा ठप्प भएको ४ महिनापछि सरकारले प्रदेशसभा बैठक राख्ने तयारी गरेको हो ।
लामो समयदेखि प्रदेशसभा नराखेको भन्दै विपक्षी दलहरूले सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए ।
गत ३१ वैशाख २०८१ देखि सञ्चालन भएको बागमती प्रदेशसभाको बर्खे अधिवेशन असोज ७ गते सकिएको थियो ।
यस अवधिमा बसेका ३८ वटा बैठकले चारवटा विधेयक पारित गरेको थियो ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4