Comments Add Comment

कर्णाली सरकारबाट बाहिरिने एमालेको निर्णय

आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला

२२ चैत, काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश सरकारबाट बाहिरिने भएको छ । संसदीय दलको आइतबार बसेको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा रहेका तीन मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको छ ।

एमालेमा माधवकुमार नेपाल पक्षमा रहेका प्रकाश ज्वाला आर्थिक मामिला, दल रावल सामाजिक विकास र नन्दसिंह बुढा वन तथा वातावरणमन्त्री छन् ।

केपी शर्मा ओली पक्षीय सांसदहरु मात्र सहभागी ४ चैतको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्नुका साथै मन्त्रीहरुलाई फिर्ता बोलाएको थियो । तर नेपाल समूहले सरकारलाई दिएको समर्थन कायमै रहेको बताएको थियो भने मन्त्रीहरु पनि सरकारमै थिए ।

आइतबार संसदीय दलको बैठकमा सहभागी नेपाल पक्षका मन्त्रीहरुले केही दिनमै राजीनामा दिने प्रतिवद्धता जनाएका छन् ।

एमालेको नयाँ निर्णयसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार अल्पमतमा परेको छ । एमाले संसदीय दलको बैठकले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न मुख्यमन्त्री शाहीलाई आग्रह पनि गरेको प्रमुख सचेतक गुलावजंग शाहले जानकारी दिए ।

४० सदस्यीय प्रदेशसभामा शाहीको दल माओवादी केन्द्रको १२ सांसद (१३ मध्ये एमाले प्रवेश गरेका धर्मराज केसीलाई कारबाही गर्ने निर्णय भइसेको छ) छन् ।

सबभन्दा ठूलो दल एमालेका २० सांसद छन्, जसमध्ये राजबहादुर शाही सभामुख छन् । नेपाली कांग्रेसका ६ र राप्रपाका एक प्रदेशसभा सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment