Comments Add Comment

इन्डोनेसियामा बाढी र पहिरोमा परी ४४ को मृत्यु

२२ चैत, काठमाडौं । इन्डोनेसियाको पूर्वी प्रान्तमा आइतबार बिहान आएको बाढी र पहिरोमा परी कम्तीमा ४४ जनाको मृत्यु भएको छ । इन्डोनेसियाको विपद् न्यूनीकरण एजेन्सीका अनुसार इन्डोनेसियाको फ्लोरेस टापुमा मुसलधारे वर्षापछि बाढी र पहिरोमा परी नौ जना घाइते भएका छन् । बाढी पहिरोको कारण धेरै घर, सडक तथा पुलहरु बगाएका वा पुरिएका छन् ।

उद्धारकर्ता टोलीले विकट स्थानमा अझै टोली पुग्न नसकेको कारण मृतकको संख्या अझै बढ्न सक्ने बताएको छ । इन्डोनेसियामा अझै एक सातासम्म मौसममा सुधार आउने सम्भावना कम रहेको अधिकारीहरुले बताएका छन् ।

इन्डोनेसियाबाट नजिकै रहेको सुभा खाडीमा आएको आँधीको कारण अझै केही दिन आँधीबेहेरी पनि आउन सक्ने अनुमान छ ।

यसअघि गत जनवरीमा पनि इन्डोनेसियामा बाढी पहिरोमा परी ४० जनाको मृत्यु भएको थियो । इन्डोनेसियाको प्राकृतिक विपद् न्यूनीकरण एजेन्सीका अनुसार मुलुकका करिब आधा मानिसहरु पहिरोबाट जोखिमयुक्त स्थानमा बसोबास गर्दै आएका छन् । इन्डोनेसियाको जनसंख्या करिब १२ करोड ५० लाख छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment