Comments Add Comment

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

२३ चैत, काठमाडौं । बैंकिङ कसूर मुद्दामा दोषी ठहर भएका खोटाङ रुपाकोट मझुवागढी नगरपालिका-१५ का बरुण ढकाल पक्राउ परेका छन् ।

उनलाई काठमाडौंको पेप्सीकोलाबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो । उनीविरुद्ध उच्च अदालत पाटनले बैंकिङ कसूर मुद्दामा गत पुस १५ गते ५ दिन कैद र ६१ लाख ५५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।

आफ्नो खातामा पर्याप्त रकम नहुँदा पनि चेक दिएको र उक्त चेक नसाटिएपछि दुई जना पीडितले प्रहरीमा उजुरी दिएका थिए । उक्त उजुरीको आधारमा अदालतले ढकाललाई दोषी ठहर गरेको थियो ।

उच्च अदालतले बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५ (१) अनुसार एउटा घटनामा ३ दिन कैद र ५६ लाख १५ हजार जरिवाना र अर्को घटनामा २ दिन कैद र ५ लाख ४० हजार जरिवानाको सजाय सुनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment