+
+
Shares

मानव सेवा आश्रमलाई खाद्य सामग्री वितरण

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २३ गते १३:३९

२३ चैत, काठमाडौं । काठमाडौंको सामाखुसीस्थित मानव सेवा आश्रममा खाद्य सामग्री वितरण गरिएको छ । नेपाल वित्तीय संस्था कर्मचारी संघ (FIEUN) ले संघको ३१ औँ स्थापना दिवसको अवसरमा खाद्य सामग्री लगायत आवश्यक सामग्रीहरु वितरण गरेको हो ।

विगत वर्ष झैँ यस वर्ष पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत आश्रमका आश्रितलाई खाद्य सामग्री लगायत अन्य आवश्यक सामग्रीहरु वितरण गरिएको संघका अध्यक्ष पदमराज रेग्मीले जानकारी दिए । संघका अध्यक्ष पदमराज रेग्मीले आश्रमका प्रमुख सन्तोषी मगरलाई खाद्य लगायतका सामग्री हस्तान्तरण गरेका हुन् ।

मानव सेवा आश्रमले सञ्चालन गर्दै आएका सामाजिक कार्यहरुको प्रशंसा गर्दै उनले आगामी दिनमा पनि यस संघको सहयोग तथा सद्भाव रहने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?