Comments Add Comment

शिशिर वसन्तको प्रेमकथा

‘शिशिर–वसन्त’ दुई विपरित याम जनाउने यो शब्दसँग नेपाली मिथकिय कथा जोडिएको छ । दुई राजकुमार शिशिर र वसन्तको यो कथा धेरैले सुनेका छन्, सुनाएका छन् । आर्टमान्डु प्रोडक्सनले यही शीर्षकमा नयाँ म्युजिक भिडियो सार्वजनिक गरेको छ । यद्यपि यसका पात्र र परिवेश भने फरक हुन् । यो एक प्रेमकथा हो, पहाडी जिल्लामा बस्ने नर्स र विद्रोहीबीचको ।

वसन्त÷शिशिरले प्रेमकै गहिराईलाई देखाउन खोजेको छ । गीतमा रोश्नी कार्की, सन्दीप श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । मनाङ र लम्जुङ्गको मनै छुने स्थाहरुमा सुटिङ्ग गरिएको गीतलाई निर्देशन÷सम्पादन नवीन भट्टले गरेका हुन् भने छायांकन ज्ञान चौलागाईले गरेका हुन् ।

युद्ध केवल विचारहरुको मात्र हुन्न । दुइ पात्रहरुको बिचमा मात्र हुन्न । एउटा मौसमले पनि अर्को मौसमले बनाएको खतलाई पुर्न खोजिरहेको हुन्छ । हिउँ, पानी, पालुवा यी मौसमको बद्लिने स्थितिमा पनि प्रेम साझा रहन्छ, अर्थहरु बदलेर । यहि कुरालाई गीतमा कर्नेश राजथलाले गाएका हुन् जसमा रचना÷संगीत हेम थामीको रहेको छ । एरेन्ज मन्जिल विक्रम के.सीले गरेका छन् भने मिक्सिङ्ग-मास्टरिङ्ग मन्जिल बिक्रम के.सि. ले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment