Comments Add Comment

कोरोनाका कारण फेरि सर्यो ‘सूर्यवंशी’

बलिउडलाई कोरोनाको कालो बादलले नराम्रोसँग छोपेको छ । विस्तारै पखेटा फिजाउन थालेको बलिउड कोरोनाका कारण फेरि प्रभावित बनेको छ । भारतमा दोश्रो चरणको कोरोनाको लहर फैलिएपछि धमाधम बलिउड चलचित्रहरुको रिलिज मिति पोष्टपोन्ड गर्न थालिएको छ ।

कोरोनाका कारण सबैभन्दा ठूलो मारमा चलचित्र ‘सूर्यवंशी’ परेको देखिन्छ । यो चलचित्रको प्रदर्शन मिति तेश्रो पटक पोष्टपोन्ड भएको छ । अक्षय कुमार र कट्रिना कैफको मुख्य भूमिका रहेको मेघा बजेट चलचित्रलाई अप्रिल ३० बाट रिलिज गर्ने तयारीमा यसका निर्देशक रोहित सेट्टी थिए । तर, भारतमा दैनिक एक लाख कोरोना संक्रमित देखिन थालेपछि यो चलचित्रको प्रदर्शन मिति पोष्टपोन्ड गरिएको हो ।

भारतको महाराष्ट्रमा रात्रीकालिन कफ्र्यू लागेको छ । सरकारले अप्रिल ३० सम्म रात्रीकालिन लकडाउन गर्ने निर्णय गरेसँगै चलचित्रको प्रदर्शन मिति पोष्टपोन्ड गरिएको हो ।

यसअघि पनि केही बलिउड चलचित्रको प्रदर्शन मिति पोष्टपोन्ड गरिएको छ । भारतीय मिडियाका अनुसार, इदमा रिलिज हुने भनिएको नायक सलमान खान अभिनित चलचित्र ‘राधे’को प्रदर्शन मिति पनि पोष्टपोन्ड हुने संभावना बढी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment