Comments Add Comment

‘पीकू’पछि ‘दि इन्टर्न’मा एकसाथ अमिताभ र दीपिका

गतबर्षको जनवरी महिनामा हिन्दी चलचित्र ‘दि इन्टर्न’को निर्माण घोषणा गरिएको थियो । हलिउड चलचित्रको रिमेकको रुपमा बन्न लागेको यो बलिउड चलचित्रलाई नायिका दीपिका पादुकोणले निर्माण गर्दैछिन् ।

यो चलचित्रमा नायिका पादुकोणसँगै कलाकार ऋषि कपुरको मुख्य भूमिका रहने घोषणा गरिएको थियो । तर, गतबर्षको अप्रिल महिनामा कलाकार ऋषि कपुरको निधन भयो । उनको निधन भएपछि चलचित्र बन्ने वा नबन्ने नै अलमलमा थियो । तर, अब भने यो चलचित्र निर्माणको प्रक्रिया अगाडि बढेको छ ।

चलचित्रमा ऋषि कपुरको ठाउँमा नायक अमिताभ बच्चनले काम गर्ने पक्का भएको छ । नायिका तथा निर्मात्री दीपिकाले एउटा पोष्टर सार्वजनिक गर्दै लेखेकी छिन्–‘मेरो सबैभन्दा विशेष सहकर्मी कलाकारसँग दोश्रो पटक काम गर्ने सम्मान मिलेको छ । म दि इन्टर्नको हिन्दी रिमेकमा अमिताभ बच्चनलाई स्वागत गर्न चाहन्छु ।’

यो एक कमेडी ड्रामा हो । सन् २०१५ मा रिलिज भएको हलिउड चलचित्रले दर्शकको मन जितेको थियो । श्रीमती नभएको एक ७० बर्षीय पुरुष अनलाइन फेसन वेवसाइटमा इन्टर्नको रुपमा काम गर्न पुगेपछि कथा अगाडि बढ्नेछ ।
नायिका पादुकोण र सुनिर खेत्रपालले यो चलचित्र निर्माण गर्दैछन् । यसअघि दीपिकाले आफ्नो प्रोडक्शनबाट ‘छपाक’ नामक चलचित्र निर्माण गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment