Comments Add Comment

मेरिल्याण्ड कलेजका विद्यार्थीलाई तीन दिने बैंकिङ तालिम

२४ चैत, काठमाडौं । विराटनगरको भृकुटी चोकमा रहेको बेलायतको व्लभरह्याम्टन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेरिल्याण्ड कलेजका विद्यार्थीलाई तीन दिने बैंकिङ तालिम प्रदान गरिएको छ ।

सानिमा बैंक विराटनगरको सहयोगमा कलेजका तेश्रो र चौथो वर्षमा पढिरहेका विद्यार्थीलाई  तालिम प्रदान गरिएको हो । तालिममा सहभागि विद्यार्थीहरुले बैंकसँग सम्बन्धित सम्पूर्ण कामका बारेमा जानकारी लिएकाो बैंकले जनाएको छ । साथै कलेजले विद्यार्थीहरुलाई विभिन्न बैंकमा समेत इन्टर्नसिप गराउने कलेजका प्रमुख कार्यकारी डा. ऋषिकेश वाग्लेले जानकारी दिए ।

कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई बैंकिङ व्यवहारिक ज्ञान प्रदान गरी बैंकिङ क्षेत्रमा वित्तीय साक्षरता उपलब्ध गराउने उदेश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको वाग्लेले बताए । विद्यार्थीहरुलाई तालिम पश्चात प्रमाणपत्र समेत उपलब्ध गराइएको थियो ।

बैंकिङ क्षेत्रको आधारभूत विषयबस्तुबारे सानिमा बैंकका विराटनगर प्रमुख फडिन्द्र दाहाल र अफिसर अभिषेक शर्माले जानकारी गराएका थिए । तालिममा बैंकिङ कार्ड तथा सफ्टवेरहरु, वित्तीय साक्षरता, बैंकिङ जोखिम, बैंकिङ बजार लगायतका विषयमा जानकारी गराइएको बैंकले जनाएको छ ।

इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा सञ्चालित यस कलेजमा बेलायतको बिजनेस डिग्री (बीआईबीएम) सर्वसुलभ शुल्कमा अन्तर्राष्ट्रियस्तरमा नै पढाइ हुदै आएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment